राम बहादुर रोकाहा , स्याङ्जा                
३ चैत्र २०७८

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. १ बजारमा फागुपूर्णिमाको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । दरौँखोला युवा परिवारले आयोजना गरेको उक्त भलिबल प्रतियोगिता चैत्र ०२ गते पालिका प्रमुख दीर्घनारायण अर्यालद्वारा उद्घाटन गरिएको सोही युवा परिवारका सचिव लोक प्रसाद पौडेल(सारस)ले जानकारी दिनुभयो ।

चैत्र ०२ गतेदेखी शुरु भएको अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ रूपैयाँ, द्वितीय  पुरस्कार ५५,५५५ रूपैयाँ, तृतीय पुरस्कार २५,५५५ रूपैयाँ साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।  वेष्ट प्लयेर, स्पाइकर र लिफ्टरलाई समेत आकर्षक पुरस्कार रहेको युवा परिवारका अध्यक्ष दुबिन गुरुङले बताउनुभयो ।

उहाँले खेल राष्ट्रिय रेफ्रीहरुद्वारा पोल सिस्टम अनुसार खेलाइने र मादक पदार्थ सेवन गरेका खेलाडीलाई खेलमा समावेश नगरिने साथै खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय रहने बताउनुभयो ।

उक्त उद्घाटन समारोहमा अर्जुनचौपारी गाउँपालिका प्रमुख दीर्घनारायण अर्याल, उपप्रमुख चिनमाया गुरुङ, नेकपा एमाले पालिका अध्यक्ष मोहन बहादुर अधिकारी, नेपाली काङ्ग्रेस पालिका कार्यसमितिका उपसभापति क्षेत्र बहादुर रोकाहा, समाजसेवी ललित थापा, अर्जुनचौपारी प्रहरी चौकीका इन्चार्ज  प्रहरी सहायक निरीक्षक भेषराज रेग्मी लगायत उल्लेखनीय दर्शकहरुको उपस्थिति रहेको उक्त परिवारका उपाध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here