स्मार्ट संवाददाता, स्याङ्जा
२४ कार्तिक २०८०, शुक्रवार

करदाता सेवा कार्यालय,पुतलीबजार स्याङ्जाले कर सप्ताहको अवसरमा सचेतनामूलक सट भिडियो प्रतियोगिता आयोजना गरेको छ। मंसिर १ गतेदेखि ७ गतेसम्म मनाइने कर सप्ताहको उपलक्ष्यमा कर सचेतनामूलक सर्ट भिडियो प्रतियोगिता आयोजना गरिएको करदाता सेवा कार्यालय, पुतलीबजार स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले बताए।

टिकटक फेसबुक लगायतका सामाजिक संजालको प्रयोग गरेर समेत भिडियो निर्माण गर्न सकिने छ। भिडियो कर सचेतनामूलक हुनुपर्ने र एक मिनेट भन्दा छोटो हुनुपर्ने छ। भिडियो सामाजिक संजालमा पोष्ट गरिसकेपछि संजालमा आउने प्रतिक्रिया र निर्णायकको निर्णयअनुसार विजेता घोषणा गरिने कर कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने सबैले आफूले निर्माण गरेको भिडियो मंसिर १ गतेभित्र tso-putalibazar@ird.gov.np वा 9856056897 मा whatsapp गर्नुपर्ने छ।

कर सचेतामूलक सर्ट भिडियो प्रतियोगितामा प्रथम हुनेले न्युनतम नगद रू ५ हजार र अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने कार्यालय प्रमुख भुसालले स्मार्ट अखबारलाई बताए।

कर सप्ताहकै अवसरमा कार्यालयले विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ । प्रतियोगिता सहभागी हुन चाहने विद्यार्थीहरूले “देश विकासमा करको भूमिका” शिर्षकमा वक्तृत्वकलाको विषयवस्तु समेटी आफ्नो, विद्यालयको नाम र सम्पर्क नम्बर सहित मंसिर १ गतेभित्र कार्यालयको इमेल ठेगाना tso-putalibazar@ird.gov.np पठाउनुपर्ने छ। सहभागीले पठाएको विषयवस्तुको मूल्यांकन गरी उत्कृष्ट १२ जनालाई मंसिर ५ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने प्रतियोगितामा सहभागी हुने मौका दिइने छ। सहभागीले आफ्नो प्रस्तुति ५ मिनेट भित्र सक्नुपर्ने छ भने सहभागीको प्रस्तुतीकरण, विषयवस्तु र सरलतालाई आधार मानेर विजेता घोषणा गरिने कर कार्यालय पुतलीबजारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here