गण्डकीमा खुल्यो लाइसेन्स परीक्षा।

भदौ १९, २०७८


भाद्र १९, भीरकोट खबर डेस्क,

कोभिडका महामारीको कारण स्थगित भएको सवारी चालक अनुमतिपत्रको (लाइसेन्स) परीक्षा गण्डकी प्रदेशमा अब सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय, पोखराले एक सूचना जारी गर्दै यसअघि बायोमेट्रिक गरिसकेकाहरुका लाग यही भदौ २५ गतेदेखि लिखित परिक्षा सञ्चालन हुने र यसअघि लिखित परिक्षा पास गरेकाहरुले २७ गतेदेखि प्रयोगात्मक परिक्षा (ट्रायल) दिन पाउने जनाएको छ । यातायात व्यवस्था कार्यालयका अनुसार हाललाई पुरानै मापदण्ड अनुसार परीक्षा हुने भएको छ ।