भाइटिका सँगै सकियो दीपावली

कार्तिक २०, २०७८


भीरकोट खबर डेस्क, २० कार्तिक २०७८नेपालीहरूको दोस्रो महान पर्व दिपावलीको सबैभन्दा महत्त्वपूर्ण दिन भाइटिका अर्थात यमपञ्चकको पाँचौँ दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर मनाएका छ्न्।

भातृ स्नेहको पर्व तिहारमा दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिन्छ्न् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।भाइटिकाको विषयमा प्रचलित पौराणिक कथा अनुसार भाइटिकाको दिन बहिनीले आफ्ना दाजुलाई टीका लगाइरहेका बेला यमराजको दुत उनका दाजुलाई लिनको लागि आउँदछ्न्।यमदुतले टिकाटालो गरिरहेकी बहिनीलाई अब तिम्रो दाजुको तिमीसँगै बस्ने,खेल्ने रमाउने दिन सकियो।मृत्यु निश्चित छ, म लिन आएको हुँ भन्छ्न्।
बहिनीले टिकाटालो नसकिन्जेल यमदुतलाई कुर्न अनुरोध गर्छिन् र दाजुसँगै राखेर भाइटिका लगाइदिन्छिन्।
बहिनीले देखाएको माया, सद्भाव र सम्मानबाट प्रशन्न भएका यमदुतले उनलाई बरदान माग, तिमीले जे मागे पनि दिन्छु भन्छ्न्।यहि मौका छोपेर बहिनीले हरेक वर्ष मेरा दाजुलाई भाइटिका लगाइदिरहन पाउँ भनी वरदान माग्छिन् र आफ्नो दाजुको मृत्यु समेत टारिदिन्छिन्।यसरी दिदीबहिनीको मायाले आफ्ना दाजुभाइको जीवनमा आइपर्ने मृत्यु लगायतका संकटहरूको समेत समाधान निस्कने जनविश्वास पाइन्छ।

भाइटिकाको दिन दिदिबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टिकाको साथमा कहिलेई नओइलिने मखमली फूल, सयपत्री र दुबोको माला लगाइदिने गर्दछ्न्।साथमा आफ्ना दाजुभाइलाई मन पर्ने उपहार समेत दिन्छ्न्।दाजुभाइले पनि आफ्ना दिदिबहिनीलाई आफ्नो गच्छे अनुसारको दानदक्षिणा दिन्छन् ।त्यसपछि सबैसँगै बसेर मिठाइ ,फलफूल ,सेलरोटी ,अनरसा,फिनि,झिलिङ्गा लगायतका मिठामिठा परिकारहरू खान्छ्न्।आफ्ना दाजुभाइ वा दिदिबहिनी नहुनेले आफ्ना आफन्तजनका दाइ दिदि नाता पर्ने सँग भाइटिका लगाउने प्रचलन समेत रहिआएको छ।

तिहारको अर्को मुख्य रमाइलो भनेको देउसी भैलो हो।तर समयक्रम सँगै देउसी भैलोमा मौलिकता हराउँदै गएको छ।परम्परागत पोशाक र शैलीमा देउसी खेल्ने प्रचलनको सट्टामा स्पिकर बजाएर होहल्ला गर्दै नाच्ने तथा बजार क्षेत्रमा एउटा चोकमा चर्को स्वरमा स्पिकर बजाएर चोकभरीका सबै घरमा गएर दक्षिणा उठाउने नयाँ चलन बसिसकेको छ।

काग,कुकुर ,गाई, गोरु , लक्ष्मी पूजा  र भाइटिका सँगै दीपावली सकिएको छ।भाइटिका सँगै यो वर्षका लागि आजबाट हाम्रा मुख्य पर्वहरूको रमझम सकिएको छ।तिहार सकिएसँगै कृषकहरूलाई आफ्नो अन्नबाली भित्र्याउने चटारो सुरू भएको छ।