पालिका स्तरीय तीज गीत प्रतियोगितामा सहिद शुक्र प्रथम

भदौ १०, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
२०७९ भाद्र १०

बुद्ध मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको अन्तर माध्यमिक तीज गीत प्रतियोगितामा सहिद शुक्र मा.वि. प्रथम भएको छ । यसैगरी बालोदय मा.वि ले द्वितीय स्थान हासिल गरेको छ भने राजेन्द्र भवानी मा.वि. तृतीय भएको छ । प्रतियोगितामा सिरूखर्क जोगिस्थान मा.वि. ले सान्त्वना स्थान हासिल गरेको छ ।
भीरकोट नगरपालिकाको शिक्षा शाखाले लागू गरेको शैक्षिक कार्यपात्रो अनुसार तीज गीत प्रतियोगिता आयोजना गरेको बुद्ध मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले जनाएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार वापत विद्यालयहरूले क्रमश: ५ हजार, ४ हजार, ३ हजार, १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छ्न् ।

कार्यक्रम भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले बालमैत्री शासनको कार्यन्वयनका लागि सरोकारवाला सबैबिच सहकार्य आवश्यकता रहेको बताउनुभयो । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने खालका कार्यक्रमहरू संचालनका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, बालोदय मा.वि. का प्रधानाध्यापक अमृत अर्यालले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर के.सी. अध्यक्षतामा सम्पन्न भएको भएको कार्यक्रममा सहभागिहरूलाई स्वागत विद्यालयका भाइस प्रिन्सिपल माधव गैह्रेले गर्नुभएको थियो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापकीय खर्च आयोजक विद्यालयले व्यहोरेको छ । पालिकको शैक्षिक कार्यपात्रोमा उल्लेख गरिएको अतिरिक्त क्रियाकलाप संचालनमा नगरपालिकाले अपनत्व नलिएकोमा सरोकारवालाले दु:ख व्यक्त गरेका छन् । शैक्षिक कार्यपात्रोमा समेटिएका सम्पूर्ण कार्यक्रमको अपनत्व पालिकाले लिएर यसलाई विद्यालयको कार्यसम्पादन सँग जोड्नुपर्ने बालोदय मा.वि का प्रधानाध्यापक अमृत अर्यालको भनाइ छ ।