लागुऔषध  मुद्धामा  फरार व्यक्ति  पक्राउ

जेठ १२, २०८१     स्मार्ट संवाददाता


लागू औषध मुद्दामा संलग्न रही फरार रहेका स्याङ्जाका एक जना व्यक्ती २ वर्षपछि पक्राउ परेका छन्। स्याङ्जा साविक स्वरेक गा.वि.स. वडा नं. ८ हाल वालिङ नगरपालिका वडा नं. ११ भोर्ले बस्ने जग बहादुर सार्कीको छोरा बर्ष २४ को राम भन्ने चोकेन्द्र बहादुर वहिकलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले  पक्राउ गरेको हो।

उच्च अदालत पोखरा, कास्कीको  २०७९ चैत्र ०८ गतेको फैसलाले वहिकलाई  ३ बर्ष  ३ महिना ७ दिन कैद र  ५ हजार जरिवाना तोकिको थियो। तर उनी हालसम्म फरार रहेका थिए। वहिकलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जेठ ११ गते पक्राउ गरेको  हो।