विद्यालयका कम्प्युटर चोरी गरि बिक्रि गर्ने ७ जना पक्राउ

मङि्सर २९, २०७९


२९ मंसिर २०७९, स्याङ्जा

जिल्ला प्रहरी कार्यालय स्याङजाले विभिन्न विद्यालयबाट कम्प्यूटर चोरी गरी बिक्रि वितरण गर्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले फेदीखोला ४ मा रहेका आरुखर्क आधारभूत विद्यालय र राम्चेदेवी आधारभूत विद्यालयबाट कम्प्यूटरहरु, प्रिन्टरहरु, प्रोजेक्टर, मल्टीप्लग लगायतका सामाग्री चोरी गरी बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा फेदीखोला ४ का २६ वर्षीय प्रेम वि.क, २१ वर्षीय सुमन सुनार, पुतलीबजार ४ का १९ वर्षिय समिर सुनार रहेका छन् । त्यसैगरी चोरी गरिएका सामान बिक्री गर्ने सुन्दर बजार ११ लम्जुङका २९ वर्षिय राजु मजाकोटी र २७ वर्षिय अमृत दुरा, कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले गत २४ गते राती विद्यालय तोडफोड गरी सामाग्रीहरु चोरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले  जानकारी दिए । उनीहरुलाई चोरी तथा डाका मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।