स्याङ्जा जिल्ला अस्पतालमा फिभर क्लिनिक र आकस्मिक सेवा मात्रै

माघ ११, २०७८


युवराज पौडेल, स्याङ्जा, माघ ११

स्याङ्जा जिल्ला अस्पतालका कर्मचारीहरुमा कोभिड १९ को सङ्क्रमण देखिएपछि अस्पताल प्रशासनले फिबर क्लिनिक र आकस्मिक बाहेकका सबै सेवा आज मङ्गलबारदेखि लागु हुने गरी बन्द गरेको छ । सोमबार बसेको विभागीय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

स्याङ्जा अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड सङ्क्रमण पुष्टि नभएका कर्मचारीहरुलाई समेत ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दा लक्षण देखिएपछि सेवा प्रभावित हुने र सङ्क्रमण झन फैलिने भन्दै अस्पतालका सेवाहरु तत्कालका लागि बन्द गरिएको अस्पताल स्रोतले  जनाएको छ।