सूर्योदय साकोसको अर्धवार्षिक समीक्षा तथा अभिमुखीकरण

फागुन २४, २०७८


२४ फागुन २०७८, स्याङ्जा
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्याङ्जाको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रम गुडिखोला स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा सेवाकेन्द्र प्रमुखहरु बालकृष्ण गोदार, मोतिप्रसाद मरासिनी, राजेन्द्र गायक, जीवन वाग्लेले सेवा केन्द्रको आर्थिक एवम् प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साँखर सेवा केन्द्रको प्रस्तुती संयोजक कृष्ण प्रसाद वस्ताकोटीले गर्नुभएको थियो भने संस्थाको समग्र प्रस्तुती व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले गर्नुभएको थियो ।

पुतलीबजार नगरपालिका वडा नंं. ३ बाडखोलामा प्रधान कार्यालय रहेको संस्थाको ५ वटा सेवा केन्द्रहरु छन् । ५ वटा सेवा केन्द्रका कूल ८ हजार ७४० जना शेयर सदस्यहरु छन् । संस्थाको शेयर पूँजी ६ करोड ३१ लाख, निक्षेप ४९ करोड ८४ लाख र लगानी ५० करोड ६ रहेकोे छ । संस्थाको हालको कूल पूँजी ६६ करोड ६० लाख रहेको छ ।

कार्यक्रममा बाडखोला सेवा केन्द्र संयोजक बलराम दोरंगा, स्याङ्जा सेवा केन्द्र संयोजक नारायण रेग्मी, विरुवा सेवा केन्द्र संयोजक तारेन्द्र बहादुर के.सी र लेखा सुपरीवेक्षण संयोजक शालीग्राम मरासिनीले संस्थाका लागि गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो।

अर्ध वार्षिक समीक्षा एवम् अभिमुखीकरण कार्यक्रमलाई संस्थाका संरक्षक अनन्त कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष हुम बहादुर कुमाल, सचिव राजेन्द्र प्रसाद शर्मा, कोषाध्यक्ष राममाया अधिकारीले गोदार र सदस्य ओम प्रकाश सापकोटाले पनि संस्थाको गतिविधि, सहकारीको महत्व र भावी योजनाका बारेमा मन्तव्य दिनुभएको थियो।