स्मार्ट अखबार संवाददाता
६ भदौ २०७९

स्याङ्जाको भीरकोट नगरपालिकामा २ दिने व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सुरू भएको छ। हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा तालिम संचालन भएको हो।

वडा नं ३ को सहिद शुक्र माध्यामिक विद्यालयमा सुरू भएको तालिममा वडा नं ३ का २० जना कृषकको सहभागिता रहेको छ। तालिममा प्रशिक्षक इश्वरी प्रसाद ढकालले प्रशिक्षण दिनुहुनेछ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले तालिममा सहभागीहरूलाई व्यवसायिक सोच राखेर सिक्न र सोही अनुसार सुन्तला खेती गर्न आग्रह गर्न आग्रह गर्नुभएको थियो। कृषकका कुनै पनि उत्पादनको बजारीकरणमा समस्या भए पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पालिकाले कृषि उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here