छाँयाक्षेत्र मन्दिरका स्टलको अनुमगन , जफत गरिएका सामाग्री नष्ट

साउन २९, २०८०


स्मार्ट सम्वाददाता, भीरकोट
३१ साउन २०८०

भीरकोट नगरपालिकाले छायाँक्षेत्र मन्दिर परिसर स्टलहरुमा सोमबार आकस्मिक अनुगमन गरेको छ । भक्तजनहरुले त्यहाँका सामानहरुप्रति गुनासो गरेपछि नगरपालिका उपप्रमुख भगवती रेग्मी अर्यालको नेतृत्वमा आकस्मिक अनुगमन गरिएको हो । छायाँक्षेत्र मन्दिर प्रवेशद्वार शिवको मुर्ति राखिएको स्थानसम्म व्यापारिक स्टलहरु राखिन्छन् । यहाँ हरेक पर्वहरुमा व्यापारिक स्टलहरु राखेर भक्तजनहरुलाई व्यापारिक कारोबार गर्दै आईएको छ ।

विज्ञापन

व्यापारीहरुले लत्ता कपडा, कष्मेटिक, खाद्य आईटम, पुजा सामाग्री,गिफ्टका आइटमहरुको स्टल राखी पर्व विषेशमा व्यापार गर्दै आएका छन् । यसरी राखिएका स्टलहरुमा बाहिर विक्रि हुने मुल्य भन्दा निकै कम मुल्यमा वस्तुहरुको विक्रि भएपछि उपभोक्ताले गुनासो गर्दै आएका थिए । अनुमगनका क्रममा विषेश गरी मिठाई आईटम, काजु, किसमिस बरामद गरिएको छ । मिठाई आईटमहरु मिति गुज्रिएका, पुरानो लेबल छोपेर नयाँ मितिको लेबल लगाईएका अखाद्य मिठाईका आईटमहरु लगायत बरामद गरिएको हो ।

विज्ञापन

नगर उपप्रमुख अर्याल, वडा नंं ४ का वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठ, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोईराला, दहथुम प्रहरी चौकी ईन्चार्ज नगेन्द्र भण्डारी, नगर प्रहरी हवल्दार नारायणप्रसाद तिवारी, वडा सदस्य रुद्र ढुंगाना, चक्रबन्धु रेग्मी, पत्रकारलगायतको सहभागितामा स्टलहरु अनुगमन गरिएको थियो ।

जफत गरिएको गुणस्तरहित र म्याद गुज्रिएको सबै सामाग्री अनुगमनमा संलग्न निकाय र संचारकर्मीको रोहबरमा भीरकोट नगरपालिकाको सरसफाइ केन्द्रमा मंगलबार नष्ट गरिएको छ।