प्रथम ईश्वर गुरुङ स्मृति टी१० क्रिकेटको उपाधि हेलु लामाचौर युवा क्लबलाई

असार २८, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
२८ असार २०८०, बिहीवार

स्याङ्जा जिल्ला वालिङ नगरपालिका १३ बायाँटारीमा रक इलाभेन क्रिकेट क्लबद्वारा आयोजित “प्रथम ईश्वर गुरुङ स्मृति क्रिकेट प्रतियोगिता”को उपाधी भीरकोटको हेलु लामाचौर युवा क्लबले जितेको छ। फाइनल खेलमा आयोजक रक इलाभेन क्रिकेट क्लब लाइ ६ विकेटले हराउँदै भीरकोट नगरपालिकाको हेलु लामाचौर युवा क्लबले उपाधी जित्न सफल भएको हो। जितसँगै क्लबले नगद रु ३० हजार ,शिल्ड, , मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने द्वितीय भएको आयोजक रक इलाभेन क्रिकेट क्लबले नगद रु २०,०००, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

टस जितेर ब्याटिङ रोजेको रक इलाभेन क्रिकेट क्लबले मात्र ७.४ ओभर खेल्दै सबै विकेटको क्षतिमा मात्र ४५ रनको झिनो लक्ष्य दिएको थियो। रक इलाभेन क्रिकेट क्लवलाई सस्तोमा समेट्न म्यान अफ दि फाइनल समेत भएका अनुप श्रेष्ठले २ ओभरमा जम्मा १० रन खर्चेदै ४ विकेट लिन सफल भएका थिए।

विज्ञापन

जवाफी ब्याटिङमा उत्रेको हेलु लामाचौर युवा क्लबले उक्त ४५ रनको लक्ष्य मात्र ४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। उक्त लक्ष्य पूरा गर्ने क्रममा हेलु लामाचौर युवा क्लबका ओपनिङ ब्याट्सम्यान अशोक श्रेष्ठले मात्र ११ बलको सामना गर्दै ५ छक्काको मद्दतले आक्रमक ३४ रन जोडेका थिए।

प्रतियोगितामा रक इलाभेन क्रिकेट क्लवका अपार गैह्रे बेस्ट व्याट्सम्यान, हेलु लामाचौर युवा क्लवका ईश्वर खाँड बेस्ट बलर र हेलु लामाचौर युवा क्लबका अशोक श्रेष्ठ प्लेयर अफ द टुर्नामन्ट घोषित भएका थिए।प्रतियोगितामा स्याङ्जा, पाल्पा र कास्कीको गरी ३२ टिमको सहभागिता रहेको थियो।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी