भीरकोट खेलामैदानलाई जिल्लाकै ठूलो र व्यवस्थित खेलमैदान बनाउँछौं : नगर प्रमुख कर्माचार्य

मङि्सर १७, २०८०


नारायणप्रसाद कोइराला

१७ मङ्सिर २०८० , आइतबार

बालमैत्री नगरपालिका भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट खेलामैदानलाई  जिल्लाकै टूलो र व्यवस्थित खेलमैदानको रूपमा स्तारोन्न्ति र विकास गर्ने बताएका छन् l शनिबारदेखि शुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै नगर प्रमुख कर्माचार्यले सो कुरा बताएका हुन् l

नगर प्रमुख कर्माचार्यले विद्यार्थीहरूलाई अनुशासित र मर्यादित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै लामो समय सम्म घाम र धुलोमा राख्नु परेकोमा क्षमा समेत मागेका थिए l प्रतियोगितामा भीरकोटमा प्रतियोगिता भैरहेका र सम्भावना भएका फुटबल, क्रिकेट र व्यादमिन्टन खेलहरू रनिङ शिल्ड प्रतियोगितामा समावेश नभएको गुनासोलाई सम्बोधन गर्दै उनले खेलमैदान व्यवस्थित भएपछि फुटबल लगायतका सबै महत्वपूर्ण केलाहरू खेलाइने प्रतिबद्धता व्यक्त गरेका थिए l

पालिकाले आँधिखोलाको छेउछाउमा रहेका खाली तथा सार्वजनिक जग्गाहरूमा प्रतियोगिता संचालन गर्दै आएकोमा पहिलोपटक आफ्नै खेलमैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरू गरेको हो l प्रतियोगिताका खेल संयोजक एवम् नगर प्रवक्ता दिपेन्द्र के. सी. ले प्रतियोगितालाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताउँदै सरोकारवाला र सहभागी सबैलाई  आ-आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरेका थिए l

शनिवारबाट सुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गण्डकी प्रदेशका उर्जा , जलस्रोत तथा खानेपानी मंत्री सरस्वती अर्यालले गरेकी हुन् l कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री अर्यालले प्रतियोगितामा छनोट भएर जिल्ला, प्रदेश र केन्द्रमा पुग्ने खेलाडी विद्यार्थीहरूलाई आवश्यक आर्थिक सहयोगका साथै  सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् l

शनिवारबाट सुरू भएको प्रतियोगिता   ३ दिन सम्म संचालन हुने पालिकाले जनाएको छ l समुद्घाटन समारोह अनावश्यक भाषणबाजीले लामो भएकोमा शिक्षक तथा विद्यार्थीहरूले असन्तुष्टी व्यक्त गरेका थिए l