भीरकोटमा ब्याडमिन्टनको लोकप्रियता बढ्दै
ढाकाराम खनाल, भीरकोट
१४ माघ २०७९
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेलमध्ये एक हो । यो खेल ३ प्रकारले खेलिन्छ ।सिंगल (एक जना पुरुष वा एक जना महिला मात्र खेल्ने ।)डबल (दुई दुई जना पुरुष वा दुई दुई जना महिलाबिच खेल्ने ।)मिक्स डबल (एकै समूहमा एक पुरुष र एक महिला गरी दुई समूहबिच हुने प्रतिस्पर्धा ।)
व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक, नैतिक, अनुशासन तथा स्वास्थ्यका निम्ति यो खेल खेलिन्छ । शुरुमा अंग्रेजहरुले प्रचलनमा ल्याएको यो खेल सन १८२० तिर भारतको पुनामा समेत खेलिएको थियो। यो खेल सन् १८७० मा बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि नियमबद्ध रुपमा खेलाएपछि आधिकारीक रुपमा शुरुवात भएको थियो । सन् १९३४ मा अन्तर्राष्ट्रिय संघ विश्व ब्याडमिन्टन संघ स्थापना भएको र सन् १९६२ मा एशियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि ओलिम्पिक खेलमा लिइएको थियो । नेपालमा भने ब्याडमिन्टन खेलमा लिइएको थियो । नेपालमा भने ब्याडमिन्टन खेल १९८९ देखिनै खेल्न थालिएतापनि वि.सं. २००८ सालमा मात्र नेपाल ब्याडमिन्टन संघ स्थापना भएको थियो ।
भीरकोट नगरपालिमा भने २०५६ सालबाट ब्याडमिन्टन खेल खेल्न शुरु गरिएता पनि २०७७ साल भदौ २६ गतेका दिन ढाकाराम खनालको अध्यक्षतामा तेह्र सदस्यीय कार्य समिति चयन गरी बयरघारी ब्याडमिन्टन क्लव संचालनमा आएको हो । यस क्लवले स्थापना कालदेखि भीरकोट नगरक्षेत्र भित्रका खेलाडीहरु पहिचान गरी खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि दैनिक अभ्यास गराउँदै आएको छ । साथै अहिलेसम्म नगरका विभिन्न क्षेत्रमा क्लवका अध्यक्षको सकृयतामा ९ वटा अस्थायी कोर्ट निर्माण गरी दैनिक अभ्यास गराउने काम भैरहेको छ । आगामी दिनहरुमा सबै वडामा कोर्ट निर्माण गरी खेल खेलाउने लक्ष्य समेत रहेको छ ।
२०७८ असोज २ गतेका दिन जिल्लास्तरीय पुरुष डबल A र C Category को Tournament जिल्ला भरिका ८६ टिमको सहभागितामा सफलतापूर्वक खेल सम्पन्न गराइएको र अहिले भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा भीरकोट नगरपालिका-१, सिसौघारीमा अस्थायी तर व्यवस्थित कोर्ट निर्माण सम्पन्न भएपछि दैनिक रुपमा बिहान र बेलुका गरी ६ दर्जन जति खेलाडीहरुले प्रशिक्षण तथा खेल खेलिरहेका छन् ।खेलाडीहरूको मनोबल बढाउन र थप क्षमता विकासको लागि नगर भरिका खेलाडीहरूबिच मैत्रीपूर्ण खेल संचालन गरिएको छ।
यसका अलवा अन्तरपालिका स्तरीय मैत्रीपूर्ण खेल संचालनमा ल्याउने योजना सहित २०७९ माघ ०७ गते अर्जुनचौपारी गाउँपालिका र भीरकोट नगरपालिकाका खेलाडीबिच मैत्रीपूर्ण खेल भव्यताका साथ सम्पन्न भएको छ । जम्मा कूल ३० टिमको सहभागिता रहेको थियो । आगामी दिनमा अन्य पालिकाका खेलाडी टिमसँग पनि यस्तै मैत्रीपूर्ण Tournament संचालन गर्ने क्लवको योजना छ । क्लवलाई यहाँसम्म ल्याइपुर्याउँदा चुनौती पनि धेरै छन् । यस खेललाई हावाले प्रत्यक्ष रुपमा प्रभावित पार्ने हुँदा एउटा Indoor Court को टड्कारो आवश्यकता हामीलाई खड्किएको छ । अरु खेल भन्दा अलि बढि नै महंगो खेल भएकोले आर्थिक पाटो सबल बनाउन मुस्किल परिरहेको छ । Indoor Court को लागि विगत २ वर्षदेखि नगरपालिकालाई ताकेता गर्दा नगरको नीति तथा कार्यक्रममा समावेश भएको र यसलाई ठोस पहल गरिदिनु हुन स्थानीय सरकारलाई क्लवको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
खेलकुद क्षेत्र नगर, जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउने बाटो भएकोले पनि न.पा.ले खेलक्षेत्र र खेलाडीको उत्पादनको लागि अरु विशेष भूमिका खेली खेल र खेलाडीहरुको उच्च मनोबल बढाउने गरी नगरको तर्फबाट थप कार्यक्रम लगाडी बढाई सहयोग गर्नुहुने अपेक्षा राख्दछौं । सबैको साथ र सहयोग मिलेमा आगामी दिनहरुमा यस क्लवले पालिका स्तरमा, जिल्लास्तरमा मात्र नभै अन्तर जिल्ला स्तरमा समेत प्रतियोगिता आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ ।
समाजलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउनुका साथै नैतिकवान र चरित्रवान बनाउने हाम्रो अभियान जारी छ ।
(ढाकाराम खनाल बयरघारी ब्याडमिन्टन क्लबका अध्यक्ष हुन्)