SOD अध्यक्ष ढुंगानाद्वारा खेल सामाग्री वितरण

असोज २५, २०७८


स्कुल अफ डेमोक्रेसी भीरकोटका अध्यक्ष रूद्र ढुंगानाले खेल सामाग्री वितरण गर्नुभएको छ।उहाँले आफ्नो व्यक्तिगत खर्चमा भीरकोटका नगरपालिका वडा नं ४ का विभिन्न गाउँटोलका युवाहरूलाई भलिबल,फुटबल , भलिबल नेट लगायतका खेल सामग्री वितरण गर्नुभएको हो।             युवाहरू कुलतमा फसिरहेको यो समयमा उनीहरू खेलकुद मार्फत शारीरिक र मानसिक रूपमा स्वस्थ होउन भन्ने उद्देश्यले व्यक्तिगत खर्चमै खेल सामग्री वितरण गरेको सिर्जनशील युवा क्लवले जनाएको छ। क्लबका अनुसार सिर्जनशील क्लब सचिव समेत रहेको ढुंगानाले कालिकाकोट टोलमा भलिबल जाली,रानिपोखरा टोलमा भलिबल , गैह्राथोक युवा क्लबलाई फुटबल, छाङ्छाङ्दी युथ क्लवलाई फुटबल वितरण गर्नुभएको हो।सामाजिक विकासका लागि युवाहरू सत्मार्गमा हिड्नु आवश्यक छ भन्ने भावना बोकेका ढुंगाना रचनात्मक कार्य मार्फत समाज सेवा गर्न रूचाउँछन्।