पर्वत वालिङ समाजको प्रथम  अधिवेशन : अध्यक्षमा पुन: भुसाल

बैशाख १९, २०८१


१९ वैशाख २०८१

पर्वत वालिङ समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। अधिवेशबाट  सरोज भुसाल पुन: संस्थाको अध्यक्षमा निर्वाचित भएका छन्। यसैगरी  उपाध्यक्षमा हिम बहादुर राना, भरत श्रेष्ठ , महिला उपाध्यक्षमा सम्झना पराजुली, सचिवमा  गोविन्द क्षेत्री, सहसचिवमा जमुना तिवारी, कोषाध्यक्षमा राजकुमार भुसाल निर्वाचित भएका छन्।   शालिग्राम भट्टराई,याम नारायण पाैडेल,विष्णु गोतामे,तिलक थापा,खिमा कुमारी पाैडेल,धन कुमारी नेपाली सदस्यमा निर्वाचित भएका छन्।

“सभ्यता ,सम्मान र संस्कृति हाम्रो पहिचान,पर्वत वालिङ् सहयात्रा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ  २०७९ सालमा  स्थापित वालिङ पर्वत समाज  पर्वत जन्मथलो  भई विविध पेसा, व्यवसाय र रोजगारीको रूपमा वालिङ्मा स्थायी/अस्थायी रुपमा बस्ने  पर्वतेलीहरु द्वारा स्थापित संस्था हो।

संस्थाका अध्यक्ष सरोज भुसालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव गोविन्द क्षेत्रीले गरेका थिए।