करुङ बयरघारी मुस्लिम समाज कतारद्वारा इफ्तार तथा सम्मान कार्यक्रम 

चैत ३०, २०८०


३० चैत्र २०८०,  शुक्रबार

करुङ बयरघारी मुस्लिम समाज कतारले मैत्रीपूर्ण भावनाका साथ प्रथम पटक समाजमा इफ्तार तथा सम्मान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। करुङ स्थित मदर्सामा मंगलबार सम्पन्न उक्त कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहबको सभापतित्व तथा यसै संस्थाका संस्थापक अध्यक्ष अमिर हाम्जा मियाँको प्रमुख अतिथ्यतामा सम्पन्न रहेको थियो।

उक्त कार्यक्रमको दौरान संस्थापक तथा संस्थापन पक्ष सहित संस्थाले गरेका हरेक कार्यहरुमा समन्वय गरी व्यवस्थित गर्नुका साथै समाज विकासका निम्ति सदैव अग्रपङ्क्ति मा रहेका विशिष्ट व्यक्तिहरुलाई समेत दोसल्ला सहित कदरपत्र द्वारा सम्मान गरेका थिए। मन्तव्यका क्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायतका वक्ताहरुले कतार समितिको कार्य प्रगति प्रति खुलेर प्रशंसा गरेका थिए ।

सामाजिक व्यक्तित्व हाजि इनुस मियाँ ले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति अब्दुलले समय रहेतापनि ऐतिहासिक सामाजिक कार्यहरु गर्नुका साथै यस संस्थाले समाज बाहिर समेत विभिन्न स्थान,क्षेत्रहरुमा परोपकारी कार्यहरु गर्दै आएको प्रष्ट पारे। संस्थाको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित सबैप्रति कृतज्ञता प्रकट गर्दै  उनले आगामी कार्ययोजनामा समेत समन्वय रहने जानकारी दिएका थिए ।