पत्रकार  अधिकारीको सक्रियतामा बिरामीलाई ४ लाख ७४ लाख आर्थिक सहयोग संकलन

जेठ ०५, २०८१     स्मार्ट संवाददाता


संविधानमा शिक्षा , स्वास्थ्य निःशुल्क भनेको भएता पनि नेपालमा आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन रक्षा गर्न र आर्थिक अभावका कारण औषधि उपचारमा निक्कै समस्या हुने गरेको उदाहरण प्रशस्तै मात्रामा पाईने गरेका छन् ।

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे तल्लोथर निवासी वर्ष ४०का भिम बहादुर थापालाई फोक्सोमा समस्या आएपछि उनको उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको सम्भव नभएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास  लगियो प्रभासले पनि काठमाण्डौं स्थित टिचिङमा रिफर गर्‍यो।  उनको घरको आर्थिक अवस्था कमजोर भएको भन्दै स्थानीय   सञ्चारकर्मी टिकाराम अधिकारी र  स्थानीय युवा यादव सुवेदीले सहयोगका लागि हार्दिक अपिल गरेका थिए ।

उनको उपचारमा ठूलो धनराशी आवश्यक पर्ने भएपछि स्थानीयबासी इष्टमित्र नातागोता सबैको साथ सहयोगमा ४ लाख ७४ हजार ३ सय ३८ रुपैयाँ संकलन गरि एक कार्यक्रमका बिच बिरामी भीम बहादुर थापाको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले  वडाभित्रका नागरिकको स्वास्थ्य उपचारमा आफ्नो तबरबाट साथ सहयोग रहने बताउँदै सहयोगी महानुभावहरुले वडाका विभिन्न ठाउँ तथा देश विदेशबाट पनि सहयोग गरेर मानवीय सेवा भाव देखाएकोमा   धन्यवाद व्यक्त गरेका थिए।

 दीर्घरोगीहरुका लागि राज्यको तबरबाट हुन पर्ने सहयोग हुन नसकेको भएता पनि स्थानीयबासी र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको  अध्यक्ष  न्यौपानेले बताए।

कार्यक्रममा स्थानीय समाजसेवी क्याप्टेन कर्ण बहादुर थापाले गाउँमा सारोगारो पर्दा आफ्नो खानाको गास कटाएर पनि बिरामीको उपचारमा गाउँले सहयोग गरेको प्रति धन्यवाद दिए।



स्थानीय युवा यादब सुबेदी,जङगु थापा मगर,क्याप्टेन कर्ण बहादुर थापा,गंगु थापा , पत्रकार टिकाराम अधिकारी लगायतले देश तथा विदेशमा संकलन भएको ४ लाख ७४ हजार ३ सय ३८ रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरेका हुन्।

बिरामी भिम बहादुर थापाले भने विश्वमा आर्थिक मन्दि भएका बेला पनि आफ्नो उपचारमा सबैको साथ सहयोग भएको र आफूले उपचार गराउन पाएकोमा सहयोगी सबैलाई धन्यवाद दिएका थिए।