स्याङ्जा सहयोग समाजद्वारा छाँयाक्षेत्र मन्दिरमा आर्थिक सहयोग

असोज १०, २०८०


स्मार्ट संवाददाता, भीरकोट
असोज १०, स्याङ्गजा

स्याङ्जा सहयोग समाज कतार र   स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले छाँयाक्षेत्र मन्दिरलाई आर्थिक सहयोग प्रदान गरेका छन्। छाँयाक्षेत्र मन्दिरमा निर्माणाधिन १०८ जलधारा निर्माणमा सहयोग गर्ने उद्देश्यले नगद ३९ हजार रूपैयाँ आर्थिक सहयोग गरिएको स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारले जानकारी दिए।

No description available.

No description available.

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा भीरकोट नगरपालिकाका नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी,स्याङ्जा सहयोग समाजका कार्यालय  चिरञ्जीवी ढकाल, सहयोग समाजका पूर्व सदस्य  बिदुर कोइराला , वडा नं ४ का जनप्रतिनिधि रूद्र ढुंगाना र मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

सहयोग रकम संस्थाका अध्यक्ष परियार र नगर उपप्रमुख भगवती रेग्मी अर्यालले संयुक्त रूपमा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। अध्यक्ष परियारले छाँयाक्षेत्र मन्दिरको विकासमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। नगर उपप्रमुख अर्यालले सहयोगी संस्थाको समाजसेवाको भावना  र विकासमा गरेको सहकार्यको प्रशंसा गरेकि थिइन्।

मन्दिर व्यवस्थापन समितीका  कार्यवहाक अध्यक्ष सुवदार ख्याम बहादुर थापाले सहयोगी संस्थालाई  धन्यवाद र प्रमाणपत्र प्रदान गरेका थिए। मन्दिर व्यवस्थापनका सचिव कृष्ण प्रसाद श्रेष्ठ विगतमा पनि संस्थाले  ५० वटा कुर्सी प्रदान गरेको स्मरण गर्दै सहयोगी संस्थाका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

स्याङ्जाबाट वैदेशिक रोजगारीमा कतार पुगेका दाजुभाइ दीदीबहिनिको सुखमा सहकार्य  दु:खमा मलमपट्टि लगाउने र विशुद्ध समाज सेवा गर्ने उद्देश्यले सन् २००५ मा कतारमा स्थापना भएको स्याङ्जा सहयोग समाज कतारले सामाजिक र मानव सेवाको क्षेत्रमा सहयोग गर्दै आएको छ।