वालिङ नगरपालिका वडा नं. ११ मा सिलाईकटाई तालिम सम्पन्न भएको छ

बैशाख ०५, २०७८


भीरकाेट खबर डेक्स, वैशाख ५



वडा कार्यालयको आयोजनामा पञ्चमुलमा सञ्चालित ६ महिने तालिमको समापन गरिएको हो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागी सिलाईकटाई तालिम दिईएको हो । तालिमको समापनका अवसरमा बोल्नुहुँदै वडा अध्यक्ष बसन्तकुमार मल्लले सिपले जिवन जिउनका लागी सहज बनाउने भन्दै सिपलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।



महिलाहरुलाई उद्यमशील बनाउनका लागी वडाले सिपमुलक तालिमहरु सञ्चालन गर्दै आईरहेको भन्दै आफ्नो सिपलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरकार्यपालिका सदस्यद्धोय युगमाया पंगेनी, सपना विक, प्रमुख प्रशिक्षक समिक्षा थापा क्षेत्री , वडा सदस्यद्धोय चोलाकान्त पौडेल र ताराप्रसाद पंगेनी, प्रशिक्षार्थी विष्णुकुमारी पंगेनीलगायतले बोल्नुभएको थियो । २०७७ जेठबाट शुरु भएको तालिमको आईतबार समापन गरिएको हो । कोभिडका कारण निर्धारित समयमै तालिम सम्पन्न हुन सकेन् । २३ जना महिलाहरुको सहभागिता रहेको तालिममा समिक्षा थापाले प्रशिक्षण दिनुभएको थियो । वडा अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य अरुणा झेँडी मगरले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव लक्ष्मीप्रसाद अर्यालले गर्नुभएको थियो ।