छाँयाक्षेत्रधाममा २५ हजार भक्तजनहरूद्वारा दर्शन

फागुन १७, २०७८


१७ फागुन २०७८

महाशिवरात्रीको दिन आज स्याङ्जाको प्रसिद्ध एवं पवित्र छाँयाक्षेत्र धाममा करिब २५ हजार भक्तजनहरूले दर्शन एवं पूजाआजा गरेका छ्न्। यसैगरी आज दानभेटीको रुपमा भक्तजनहरूले मन्दिरमा चढाइएको रकमबाट मन्दिर व्यवस्थापन समितिले ७ लाख ५४ हजार आम्दानी गरेको छाङ्छाङ्दी छाँयाक्षेत्र (शिव मन्दिर) व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो। पर्याप्त स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरेर भक्तजनहरूको भीड व्यवस्थापन गरिएको थियो। स्कुल अफ डेमोक्रेसी (SOD) का भीरकोट संयोजक रूद्र ढुंगानाको संयोजकत्वमा स्वयंसेवक परिचालन गरिएको थियो। महाशिवरात्री मेलामा व्यापारिक स्टलहरू समेत राखिएका थिए।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरातत्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ। शिवरात्रीको दिन श्रद्धालु भक्तजनहरूले शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो ,बेलपत्र, त्रिशुल, डमरू चढाउने गर्दछ्न् । आजको दिन घर, चोक र शिव मन्दिरहरूमा दाउरा बालेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको थियो।