विद्यार्थीद्वारा आमाहरूलाई सम्मान

बैशाख २६, २०८१


भू .पू सैनिक कम्युनिटी एकेडेमी बयरघारीले जेष्ठ नागरिक एवम् आमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा  रहेको जुनियर रेडक्रस समितिले विश्व रेडक्रस दिवस तथा माता तिर्थ औंसीको  अवसरमा जेष्ठ नागरिक(आमा ) सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका ७५ बर्ष माथीका १२ आमाहरुलाई दोसल्ला , सम्मान पत्र , फुलमाला सहित सम्मान गरिएको थियो। आमाहरूलाई  फलफुल तथा जुस पनि खुवाइएको थियो । विद्यालय संचालक समितिका अध्यक्ष  तोयानारायण श्रेष्ठले विद्यार्थीले गरेको कामको प्रसंशा  गरेका थिए । विद्यालयका प्रिन्सिपल हरि प्रसाद पौडेलले विद्यार्थीले अनुकरणीय काम गरेको भन्दै रेडक्रस कार्य समितिलाई धन्यवाद  दिएका थिए ।    प्रिन्सिपल पौडेलले सामाजिक उत्तरदायित्व  झल्काउने कार्य गरेकोमा विद्यार्थीहरूको प्रशंसा गर्दै आगामी दिनमा   दिनमा पनि यस्ता गतिविधि गर्न सुझाव दिएका थिए ।

रेडक्रस समितिको अध्यक्ष लिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रसिद्धी के. सी. ले  स्वागत , शिक्षिका पिंकि के .सी . ले धन्यवाद मन्तव्य राखेकी थिइन् भने  कार्यक्रमको सन्चालन सचिव मदन सि .के. ले गरेका थिए ।