प्याब्सनको एस ई ई तयारी परीक्षा सुरू

फागुन २२, २०७८


२२ फागुन २०७८
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन नेपालको आयोजनामा देशैभरीका संस्थागत विद्यालयहरूमा एस ई ई तयारी परीक्षा आजदेखी सुरू भएको छ।आजदेखी सुरू भएको परीक्षा चैत्र १ गते सम्म चल्ने प्याब्सनका केन्द्रीय सदस्य अमृत अर्यालले जानकारी दिनुभयो।
स्याङ्जामा रहेका ३७ वटा माध्यमिक विद्यालयका लागि १० वटा परीक्षा केन्द्र कायम गरी परीक्षा संचालन गरिएको प्याब्सन स्याङ्जाका परीक्षा समितिका संयोजक माधव गैह्रेले जानकारी दिनुभयो।बिहान ७:३० बजेदेखि १०.३० बजेसम्म परीक्षा संचालन गरिएको छ।चैत्रको पहिलो हप्ता भित्रै परीक्षाफल प्रकाशन गरिने गरी तयारी गरिएको प्याब्सन स्याङ्जाले जनाएको छ।