चापाकोटमा प्रविधिमैत्री गुनासो व्यवस्थापन प्रणालीको सुरूवात

माघ १३, २०८०


१३ माघ २०८०, शनिबार

ईलाका प्रहरी कार्यालय चापाकोटमा परम्परागत उजुरी पेटीकालाई व्यवस्थापन गरी प्रविधिमैत्री क्यु आर  सहितको गुनासो व्यवस्थापन प्रणालीलाई प्रयोगमा ल्याइएको छ। बिहीवार औपचारिक कार्यक्रम गरि  क्यु आर कोड सहितको उजुरी तथा गुनासो प्रणालीको उद्घाटन गरिएको थियो । सो कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीय भद्र भलाद्मी सहित ५० जनाको सहभागी रहेको थियो ।

QR प्रविधिको सञ्चालनको जानकारी गराउँदै इलाका प्रहरी  कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाहले हालको आधुनिक युगमा जो सुकैले विश्वको जुनसुकै ठाउँबाट यस QR CODE मार्फत जनमानसमा रहेको पीर, मर्का, सुचना, घटनाको विवरण र सुझाव प्रेसित गर्न सक्छन् भन्ने कुरा प्रष्ट पार्दै सो को सम्बोधनका लागि यसै कार्यालयमा उजुरी छानविन शाखाले सम्बन्धीत उजुरी गुनासोको तत्काल सम्बोधन गर्ने कुरा समेत जानकारी दिए।