पूर्व प्रधानमन्त्री ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक

फागुन ०९, २०७८


काठमाडौँ , ९ फागुन २०७८



पूर्वप्रधानमन्त्री एवं नेपाल स्काउटका तत्कालिन संरक्षक केपी शर्मा ओलीले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान’ पदक प्राप्त गर्नुभएको छ।



विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।नेपाल स्काउटका अनुसार ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ। नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।