सुनिल न्यौपाने /कमल पाण्डे,स्याङ्जा
३० साउन २०७९

चापाकोटमा युरिया मलको अभाव हुँदा किसानहरू मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरेपनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् ।

युरिया मलको लाइनमा बसेका किसानहरू

चापाकोट नगरपालिका वडा नं ९ का केशव पाण्डेले चार रोपनी जग्गामा धान खेती गर्नुभएको छ। एकहोरो धान गोड्ने समय भएपनि मल अभावका कारण यसरी मलको हाहाकार हुँदै गएमा धान उत्पादन घट्ने पाण्डेले गुनासो गर्नुभयो। मल अभावमा समयमै धान गोड्न नपाउँदा दुःख गरी रोपेको धान उत्पादन घट्नेमा चापाकोट ९ सेराकी हरिकला न्यौपाने चिन्तित हुनुहुन्छ। मलको अभावले समय घर्किदासमेत खेतबारीमा रोपेको धान गोड्न नपाएको न्यौपानेको गुनासो छ ।

युरिया मल लिन चर्को घाममा लाइनमा बसेका किसानहरू

स्याङ्जामा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छ्न् । युरिया मल नपाउँदा धान र अन्य बाली गोड्न किसानलाई समस्या भएको छ ।

चापाकोट नगरपालिका प्रमुख देबबहादुर खाण(इश्वर) साथै चापाकोट नगरपालिका ९ का वडा अध्यक्ष कृष्ण सुबेदीलाई जुन जनताले भोट हालेर जनप्रतिनिधि बनाए तिनै जनताको समस्या सम्बोधन गर्न नसकेको नाम नबताउने सर्तमा एक स्थानीयले गुनासो गरे । जनप्रतिनिधिले चुनाव अगाडि गरेका प्रतिबद्धता पुरा गर्नेछन् भन्नेकुरा किसानको यो सानो समस्या पनि समाधान गर्न नसक्दा ठुला प्रतिबद्धता अधुरै रहनसक्ने स्थानीयले अनुमान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here