स्याङ्जा सदरमुकाममा  सानिमा बैंकको शाखा

मङि्सर १३, २०८०


 

राम बहादुर रोकाहा

१३ मङ्सिर २०८०, बुधबार

सानिमा बैंक लिमिटेडले  स्याङ्जाको सदरमुकाममा नयाँ  शाखा स्थापना गरी बैंकिङ् सेवा विस्तार गरेको छ । बुधबार स्याङ्जाको सदरमुकाममा स्थापित पुतलीबजार  शाखा कार्यालयको समुद्घाटन  वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन्। पुतलीबजार शाखा सानिमा बैंकको १३३ औं शाखा हो l

उद्घाटन समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन   गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित होओस् भनी   सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका संचालक रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वासनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरेका थिए  ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानिय ग्राहकरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गर्दै  उक्त कार्यमा  सम्पुर्ण स्याङ्जाबासीको  सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।No description available.