वालिङमा खिरसँग रचनावाचन

साउन २५, २०८०


स्मार्ट सम्बाददाता, वालिङ्

२५ साउन २०८०, बिहिबार

स्याङ्जा वालिङ् क्षेत्रमा साहित्यिक गतिविधि निरन्तर चलाइरहेको भेषजराज साहित्य प्रतिष्ठानले साउन  २७ गते शनिवार रचनावाचन कार्यक्रम गर्ने भएको छ l  यसपटको  नियमित रचनावाचनको ६३औँ शृङ्खला वालिङ् -८  भीमटारीको पिरामिड कुटिमा दिउसो २ बजे हुने प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले  जानकारी दिए ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

कार्यक्रममा  डा. अच्युत शरण अर्यालको  “प्राकृतिक जीवनशैली” कृतिमाथि चर्चापरिचर्चा हुने एवम्  विभिन्न सर्जकहरूका रचनाहरू श्रवण गर्न पाइने प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले बताए l   असार-श्रावणको महिना खिरको लागि प्रख्यात महिना पनि भएकाले उक्त कार्यक्रमा खिरसँग रचनावाचन हुनेकुरा  सचिव  ढुंगानाले बताए l सचिव  ढुंगानाले  स्याङ्जा आसपासमा रहेका  साहित्यप्रेमी सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन् l