सहिद दिवसको अवसरमा दीप प्रज्वलन

माघ १७, २०७९


स्मार्ट संवाददाता,वालिङ

१७ माघ २०७९

सहिदहरूको सम्झनामा नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई कार्यसमितिले दीप प्रज्वलन गरेको छ। सोमबार सहिद दिवसको अवसरमा ज्ञात अज्ञात सहिदहरूको सम्झनामा क्याम्पसको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो।

विज्ञापन

कार्यक्रमको अध्यक्षता वालिङ बहुमुखी क्याम्पस इकाई कार्यसमितिका सभापति कमल कुँवरले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र न २ स्याङ्जाका सभापति एबम वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलीप प्रताप खाँण , विशिष्ठ अतिथि नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता चेत नारायण श्रेष्ठ,क्यामपस प्रमुख युवराज पाठक, प्राध्यापक विष्णु गैह्रे, विष्णु अधिकारी,मधुसुधन आचार्य,विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेल,नेविसंघ वालिङ नगर सभापति दिक्षान्त प्रताप खाँण,नेविसंघ नेता विपिन कुँवर,दिलीप श्रेष्ठ,आशिष अर्याल,जनक लामिछाने,सुमना लामिछाने लगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि दिलीप प्रताप खाँणले सहिदको सपना पुरा गर्न हामी सबै जनाले देश प्रति उत्तरदायी भएर काम गर्नु पर्ने कुरा बताएका थिए। सहिदको वलिदानीबाट नै देशमा राजनीतिक परिवर्तन सम्भव भएकाले सहिदहरुलाई सबैले सम्मान गर्नु पर्ने उनको भनाई थियो।

बिज्ञापन

कार्यक्रममा नगर सभापति नेत्र प्रसाद पाण्डे,क्याम्पस प्रमुख युवराज पाठक लगायतले मन्तव्य राखेका थिए।स्वागत मन्तव्य नेविसंघ वालिङ बहुमुखी क्याम्पसका विद्यार्थी नेता विपिन कुवँरले राखेका थिए भने कार्यक्रमको सञ्चालन हरी रेग्मीले गरेका थिए।