सहकारीद्वारा किसानलाई १ हजार भन्दा बढी सुन्तलाका बेर्ना वितरण

फागुन २२, २०८०


२०८० फागुन २०, आइतबार
भीरकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई १ हजार भन्दा बढी सुन्तलाका बेर्ना वितरण गरेको छ। संस्थाका अध्यक्ष तुलसी अर्यालले कलमी र बिजु गरी १ हजार १ सय बेर्ना वितरण गरिएको बताए।
सुन्तला सुपरजोन स्याङ्जाका कार्यालय प्रमुख माधव लम्साल, परियोजनाकै कृषि प्राविधिक इन्द्र सुवेदी र सहकारीका संस्थापक अध्यक्ष विश्वनाथ अर्यालको उपस्थिति रहेको बेर्ना वितरण कार्यक्रममा करिब ६० जना कृषक/ सहकारीका सदस्यहरूको सहभागिता रहेको थियो।
वडा नं ५,६ , ७ र ८ का कृषकहरूलाई बेर्ना वितरण गरिएको सहकारीले जनाएको छ। यो आर्थिक वर्षमा करिब ३० हजार बेर्ना वितरण गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष तुलसी अर्यालले जानकारी दिए। कृषकको माग अनुसार आलु,तरकारीको बिउ,फलफूल, घाँसका विरूवा, रासायानिक मल , कृषि औजार लगायतका सामाग्रीहरू सहकारीले अनुदान एवं सहुलियतमा वितरण गर्दै आएको छ।