ग्रामीण सडक स्तरोन्नतिलाई उच्च प्राथमिकता दिंदै: भीरकोट नगरपालिका

भदौ १२, २०७८


भाद्र १२, भीरकोट खबर डेस्क

भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको मध्य भागमा अवस्थित दुई पुराना नगरपालिकाहरू वालिङ् र पुतलीबजारको बिचमा पर्छ । सोही कारण पनि विशेष गरेर भीरकोट नगरपालिकाको विकास निर्माणको गति र गतिविधिहरूलाई वालिङ् नगरपालिकासँग दाज्ने गरिन्छ । तथापी भीरकोटमा पनि स्थानीय निर्वाचनपछिको चार वर्षको अवधिमा धेरैनै गर्व गर्न लायक विकास निर्माणका कार्यहरू भएका छन् ।

भीरकोट नगरपालिकाले ग्रामीण सडकको स्तरोन्नति र सफाई गरि सकेसम्म बाह्रै महिना चल्ने बनाउने गरी कार्यक्रम अगाडि सारेको छ । द्रुत गतिमा काम गरी जनताको आवतजावतलाई सहज बनाउन नगर भरीका सबै ग्रामीण सडकको स्तरोन्नतिका लागि नगरपालिकाले हेभी ईक्विपमेन्ट तथा ढुवानीका साधनहरू भाडामा लिने भएको छ । यही भदौ ११ गते सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले हेभी ईक्विपमेन्ट तथा ढुवानीका साधनहरू भाडामा दिन इच्छुक व्यक्ती, फर्म तथा कम्पनीलाई भदौ २१ भित्र भीरकोट नगरपालिकामा दर रेट सहितको सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । सूचना अनुसार एक्साभेटर, व्याक हो लोडर, ट्रीपर र ट्याक्टरको

भ्याटबाहेकको प्रती घण्टाको रकम उल्लेख गर्दै तल दिएको फर्म भरी इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले सिलबन्दी प्रस्ताव पेश गर्न सकिने बताइएको छ ।