रोटरीद्धारा यही जेठ १४ गते वालिङमा बृहत रक्तदानको आयोजना
![](https://smartakhabar.com/wp-content/uploads/2022/05/Blood-donation.jpg)
कला राना
१० जेष्ठ २०७९
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जिवनदान भन्ने नाराका साथ रोटरीले यही जेठ १४ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार प्रसार मतगणना, विजयी र्यालीलगायत निर्वाचनमै सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम संचालन हुन सकिरहेको छैन । रगतको अभाव भईरहेका विषम परिस्थितिमा धेरै भन्दा धेरै रक्त संकलन गरी अस्पतालमा मृत्युसंग लडिरहनुभएका विरामीहरुलाई पुर्नजिवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लबका कोषाध्यक्ष गणेश राउतले जानकारी दिनुभयो ।
![](https://smartakhabar.com/wp-content/uploads/2023/03/wlink_ad.gif)
सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्धसामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फुलबारीमा निशुल्क डायलाीईसिस सेवा प्रदान गरिहेको छ । डायलाईसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निशुल्क डायलाईसिस गराईरहेका छन । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङजाका मुटुरोगीले सेवा लिईरहेका छन ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/smart_link_80081.gif)
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/new-ad-smart-1.jpg)