ढापुक कालिका मन्दिरको शिलान्यास

भदौ २२, २०८०


स्मार्ट संवाददाता, बयरघारी
२२ भदौ २०८०

भीरकोट नगरपालिका वडा नं ८ ढापुकमा ढापुक कालिका मन्दिरको शिलन्यास गरिएको छ। भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले एक औपचारिक समारोहकाबिच उक्त मन्दिरको शिलान्यास गरेका हुन्। पुरानो ऐतिहासिक मन्दिर ढुङ्गा, माटो ,काठ र टिनले बनेको थियो।

ढापुक कालिका मन्दिर सबैको साझा आस्थाको केन्द्र भएकाले यसको विकासका लागि नगरपालिकाले सक्दो आर्थिक,प्राविधिक नगरप्रमुख कर्माचार्यले बताए।मन्दिर निर्माणका लागि ३ लाख बजेट विनियोजन भएकोमा नगरपालिकाले २ लाख बजेट थप गरी ५ लाख पुर्‍याइने नगर प्रमुखले बताए। एक फरक प्रसङ्गमा उनले बयरघारी पर्वत मोटरबाटोलाई पालिकाले प्राथमिकतामा राखेको र व्यवस्थित तरिकाले स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

मन्दिर सँगसँगै आजै पब्लिक व्याडमिन्टन कोर्ट समेतको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।‌ उक्त कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनालले मन्दिर सबैको आस्थाको केन्द्र भएकाले गाउँको बिचमा निर्माण गर्न लागिएको जानकारी दिए। भीरकोटको बयरघारी, ढापुक हुँदै पर्वत जोड्ने सडकमार्ग स्तरोन्नतीको लागि वडाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकासँग पनि सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

ढापुक कालिका मन्दिर निर्माण समितिका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा  नं ८ का वडाध्यक्ष नन्दलाल खनाल, नगरप्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, नेपाली कांग्रेस भीरकोट नगर सभापति लक्ष्मण अधिकारी, पब्लिक एकेडेमी माविकी प्रअ देवका रेग्मी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।‌कार्यक्रमको सञ्चालन भने रिबन विश्वकर्माले गरेका थिए।