रेडक्रसको वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

फागुन १२, २०७८


नारायण प्रसाद रेग्मी, १२ फागुन २०७८
नेपाल रेडक्रस सोसाइटी , स्याङ्जा शाखाको आयोजनामा भीरकोट नगरपालिकाको वडा नं ६ भण्डारखोलामा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।रेडक्रस स्याङ्जाको आयोजना र जापान रेडक्रसको सहयोगमा स्वास्थ्य र सरसफाइको क्षेत्रमा विविध कार्यक्रम संचालन गर्ने विषयमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो। वडा अध्यक्ष्य लक्ष्मण खत्रीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, रेडक्रसका आजीवन सदस्यहरू,स्थानीय बासिन्दा र शिक्षक नायकहरूको सहभागीता रहेको थियोे । सो कार्यक्रममा बोल्दै स्याङ्जा रेडक्रसको जिल्ला सभापति दिनेश अर्यालले भीरकोटको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सहयोगको गर्न जिल्ला रेडक्रस सदैव तयार रहेको उल्लेख गर्दै आगामी दिनमा विगतका परियोजना सुचारु गर्दै नयाँ परियोजना संचालन गरिने जानकारी गराउनुभयो ।उहाँले भन्नुभयो, “स्याङ्जा जिल्लालाई सन् २०३० सम्म पुर्ण सरसफाइ युक्त जिल्ला बनाउने अभियानमा सबैलाई आफ्नो ठाँउबाट पहल गर्नु आवश्यक छ। आगामी दिनहरुमा प्राथमिक उपचारका साथै जीवनोपयोगी सीप सम्बन्धि तालिम संचालन गरिने छ। विद्यार्थीहरूको सहयोगमा जनचेतना अभिवृद्धि र सरसफाइका कार्यक्रमहरू संचालन गरि अगाडि बढ्ने हाम्रो योजना छ।” सो कार्यक्रमको समापनमा बोल्दै वडा अध्यक्ष्य लक्ष्मण खत्रीले स्वास्थ्य र सरसफाइको कार्यक्रममा नगरपालिका र वडा ले पनि सक्दो सहयोग गर्ने र रेडक्रससँङ्ग हातेमालो गर्दै अगाडि बड्ने समेत प्रतिबद्धता जनाउनुभएको भयो ।