राष्ट्रिय युवा संघद्वारा बयरघारी बजारको सरसफाइ

कार्तिक ०८, २०७८


भीरकोट, ८ कार्तिक २०७८ : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, भीरकोटले बयरघारी बजार सरसफाइ गरेको छ। “बजार सरसफाइ गरौं, वातावरण स्वच्छ राखौं” भन्ने मुल नाराका साथ युवा संघले बजार सफा गरेको सघंका  अध्यक्ष मोहम्मद जुमाल अलिले बताउनुभयो। पार्टीको नगर अधिवेशनको पूर्वसन्ध्यामा गरिएको बजार सरसफाइ कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी एमालेको नगर कमिटीको कार्यालयबाट सुरु भै वडा नं १ र २ का विभिन्न चोक र गल्लीमा गएर सरसफाइ गरी तमु समाज भवनमा पुगेर कोड सभामा परिवर्तन भएको थियो। उक्त बजार सरसफाइ कार्यक्रममा विभिन्न राजनितिक दलहरु, पार्टिका इन्चार्ज, सचीव, विभिन्न वडाका अध्यक्षहरु, सदस्यहरु, बजारका ब्यापारीहरु, बजारभरिका जनताहरु लगायत धेरैभन्दा युवाहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

नेपाल कम्युनिस्ट पार्टी एमालेको नगर अधिवेशन यही कार्तिक ९ गते तमु समाज भवन बयरघारीमा हुँदैछ। पार्टीका नगर कमिटी अध्यक्ष विश्वनाथ अर्यालले पार्टीमा आस्था राख्ने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि हुने नगर अधिवेशनमा उपस्थिति भैदिनुहुन अनुरोध गर्नुभएको छ।