रमाइलो मेलामा विद्यालय स्तरीय नृत्य हुने

बैशाख ३०, २०८१     नारायण प्रसाद कोइराला


स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटमा नगरपालिकामा  खुल्ला पुरूष भलिबल प्रतियोगिता एवं रमाइलो मेला हुने भएको छ। २६४३ औं बुद्ध जयन्तीको अवसरमा बयरघारी पिस युथ क्लबले  भीरकोट  खेलमैदानमा रमाइलो मेला आयोजना गर्न लागेको हो।क्लबको आयोजना जेठ १० गतेदेखि २० गतेसम्म रमाइलो मेला हुन लागेको हो।

रमाइलो मेलालाई मौलिक एवं हर्षोउल्लाषमय बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष दिल बहादुर थापा (सागरले) जानकारी दिए। विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन एवं मौलिक संस्कृतिको संरक्षण गर्न रमाइलो मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि समावेश गरिएको हो। विद्यालयबाट कम्तिमा ५ जना विद्यार्थी सहभागी हुने पाउने सामुहिक नृत्य प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने  विजेताहरूले नगद १५ हजार ,१० हजार र ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष थापाले जानकारी दिए।प्रतियोगितामा मौलिकता झल्काउने गीत र नृत्यलाई प्राथमिकता दिइने छ।उद्घाटनको दिन नृत्यमा सहभागी हुन चाहने सबै विद्यालयका सहभागीहरू उपस्थित हुनुपर्ने र अन्य विद्यालयको विद्यार्थीलाई मिसाएर नृत्य प्रतियोगितामअअ सहभागी हुन नपाइने बताइएको छ। यसैगरी रमाइलो मेला अवधिभर स्थानीय र राष्ट्रिय स्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुती रहने क्लबले जनाएको छ।

रमाइलो मेलाको मुख्य आकर्षण खुल्ला पुरूष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १० हजार, द्वितीय पुरस्कार ६५ हजार र तृतीय पुरस्कार ३५ हजार र सान्त्वना पुरस्कार २५ हजार रहेको छ।खेलमा सहभागी हुन चाहने टिमले जेठ १ गतेदेखि ७ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क ७ हजार ५ सय लाग्ने खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए।