भीरकोटमा सिद्धार्थ राजमार्ग मर्मत संभार अभियान सफल

कार्तिक १७, २०७८


भीरकोट, कार्तिक १६

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्याङ्जा जिल्लामा पर्ने सिद्धार्थ राजमार्गको मर्मतका स्थानीय तहलाई गरेको अनुरोधात्मक निर्देशनको भीरकोटमा सफल कार्यान्वयन गरिएको छ।बयरघारी 99 चोक देखि हेलुसम्मका सबै खाल्डाखुल्डी पुरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख खुमलाल भुसालले बताउनुभयो। जिल्ला प्रशासनले १० बजे देखि मर्मत संभारमा जुट्न निर्देशन दिएको भए पनि भीरकोटमा भने सडक मर्मत संभारका लागि आज बिहान सात बजेदेखी नै नगर प्रहरी, कर्मचारी , जनप्रतिनिधिहरू डोजर र टिप्पर सहित मर्मत सम्भारमा जुट्नुभएको थियो ।नगर प्रमुख छायाराम खनाल, प्रशासकीय अधिकृत खुमलाल भुसाल, नेपाल प्रहरी ,दहथुम चौकीका प्रहरीहरू, उद्योगी/ व्यवसायी ,पत्रकार , स्थानीय जनसमुदायको सहकार्यमा सडक मर्मत संभार गरिएको हो।

सडक मर्मत तथा संभारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अभियानकै रुपमा संचालन गर्न हिजो प्रजिअकै अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको प्रमुख आतिथ्यतामा स्थानीय निकायका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक समेत बसेको थियो। स्याङ्जाको सिमाना कुभिण्डेदेखि राम्दीसम्म रहेको सिद्धार्थ राजमार्गको सडक खण्डमा रहेका खाल्डाखुल्डीको कारणले सवारी आवागमनमा असहजता भई दुर्घटना बढेको प्रति गम्भीर हुनुभएका प्रजिअ पौडेलले जिल्ला आएको छोटो समयमै सडक मर्ममतमा विशेष सक्रियता देखाउनुभएको हो।