बुधबारसम्म पानी पर्ने

कार्तिक ०१, २०७८


कार्तिक ०१, भीरकोट खबर डेस्क,

बंगालको खाडी, मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ । जसको कारण पर्सि बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १, २ र बाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।