आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने, सावधानी अपनाउन आग्रह
![](https://smartakhabar.com/wp-content/uploads/2022/06/rain1.jpeg)
असार १६, भीरकोट
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदाे तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलाे पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।
![](https://smartakhabar.com/wp-content/uploads/2023/03/wlink_ad.gif)
उहाँले भन्नुभयो, ‘तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । अहिले पूर्वदेखि पश्चिमसम्म त्यही अवस्था छ । खोलाको जलस्तर बढेर डुबान र बाढीले समस्या दिने सम्भावना छ । आउँदाे तीन दिन ठूलाे पानी पर्नेछ । जसका कारण खोलानाला बढ्न गइ कुन–कुन खोलामा के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेका छाैँ ।’
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/smart_link_80081.gif)
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/new-ad-smart-1.jpg)
महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उहाँले बताउनुभयाे ।
![](https://smartakhabar.com/wp-content/uploads/2023/01/jayalaxmi-tiff.gif)
श्रोत: उज्यालो अनलाइन