शताब्दी पुरुष सत्यमोहनको निधनमा भोलि सार्वजनिक विदा

असोज ३१, २०७९


३१ असोज, काठमाडौं ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।