व्यवसायीक तरकारी खेती तालिम सम्पन्न

भदौ ३१, २०७९


स्मार्ट अखबार संवाददाता
३१ भाद्र २०७९

भीरकोट नगरपालिकामा सञ्चालित हरित पुनउत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत व्यवसायी तरकारी खेती तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै नगर प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष दिपेन्द्र के.सी. ले तालिममा सहभागीलाई अब निर्वाहमूखि मात्र नभई व्यवसायी खेती गर्दै आर्यआर्जन गर्न आग्रह गर्नुभयो। साथै कृषकले उत्पादन गरेको उत्पादनलाई बजारिकरण गर्न नगरपालिकाले हाट बजारको व्यवस्थापन गरिरहेको बताउनु भयो।

तालिम वडा नं ६ को बगरेबजारबाट सुरु भएको थियो। वडा न ६,७ र ८ का २५ जना, वडा नं ३ मा १५ र वडा नं १ र ४ मा २० जना गरि ६० जना कृषकलाई तालिम प्रदान गरिएको थियो।

तालिममा सहभागीहरूलाई प्रशिक्षक खेम केसी र इश्वरी प्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहभागिको तर्फबाट सिता रेग्मी र लिलाम्बर कोइरालाले बोल्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतारी व्यवसायिक खेती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कृषि विकास अधिकृत किसान अर्याल , वडा न ४ का सदस्य रुद्र ढुङ्‌‌गानाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा सहभागीहरूलाई दाँते, स्प्रे,ब्रोकाउली, मूला काउली र प्याजको बीउ समेत वितरण गरिएको थियो।