राष्ट्रपतिद्वारा किसानलाई क्षतिपूर्ति दिन आग्रह

कार्तिक ०५, २०७८


भीरकोट खबर डेस्क, ५कार्तिक २०७८राष्ट्रपति विद्यादेवी भण्डारीले बेमौसमी वर्षाका कारण धानबाली नष्ट भएका किसानलाइ उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै धानबाली र भौतिक रुपमा क्षति भएका किसानलाइ उचित राहत र क्षतिपूर्ति प्रदान गर्न आग्रह गर्नुभएको हो । बेमौसमी वर्षाका कारण सिर्जित बाढी पहिरोले ठूलो जनधनको क्षति भएकोमा राष्ट्रपतिले दु:ख ब्यक्त गर्नुभएको छ।उहाँले मृतक प्रती श्रद्धाञ्जली र परिवार जनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
देश भर ठूलो जनधनको क्षति भएका हरुलाइ छिटो भन्दा छिटो राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह  गर्दै राष्ट्रपति भण्डारीले अब यस्ता प्राकृतिक विपत्तिबाट जोगिन र क्षति न्युनीकरण गर्न आमनागरिकहरूलाई पनि  सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।