प्रेस युनियन कास्कीद्वारा आधारभुत पत्रकारिता तालिम

फागुन २२, २०७८


२२फागुन २०७८, पोखरा

नेपाल प्रेस युनियन कास्कीले नवप्रवेशी पत्रकारहरूको लागि आधारभूत पत्रकारिता तालिम संचालन गरेको छ।यहि फागुन १९गतेदेखी २१ गतेसम्म ३ दिने आधारभूत पत्रकारिता तालिम संचालन गरिएको प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो। गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको आतिथ्यतामा भएको तालिम समापन समारोह पत्रकार महासंघ कास्कीको सभाहलमा संचालन भएको थियो। तालिममा पोखराका वरिष्ठ पत्रकारहरू सन्तोष पोख्रेल, बासु मिश्र, गङ्गाधर पराजुली, रमेश पौडेल, राज बहादुर गुरुङ, सरिता तिमिल्सिना, बिमला भण्डारी बासु पौडेल , भानु पराजुली लगायतका प्रशिक्षकहरूले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले पेशागत हकहितको लागि जुनसुकै पार्टीमा आवद्ध भएपनि स्वतन्त्र पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो।उहाँले तालिममा सहभागी पत्रकारहरूलाई पेशागत मर्यादालाई कायम राख्दै इमानदारितापूर्वक सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको थियो।

तालिमका प्रशिक्षकहरूले पत्रकारिता दिनदिनै दिनुपर्ने परीक्षा जस्तै भएकाले संयमित र स्वतन्त्र भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।प्रेस युनियन कास्की उपाध्यक्ष प्रकास सापकोटाले आवश्यकता अनुसार तालिम तथा प्रशिक्षणका अन्य कार्यक्रम पनि संचालन गरिने जानकारी दिनुभयो।