भीरकोटमा प्रेन्सा रेग्मीको प्रस्तुती
भीरकोट पौष २८
सानै उमेरमा सामाजिक कार्यको सोचका साथ अगाडी बढ्नु भएकी बहुमुखी प्रतिभाकी धनी बाल प्रतिभा प्रेन्सा रेग्मीले स्याङ्गजाको भीरकोट नगरपालिकामा आफ्नो प्रस्तुती राख्नुभएको छ ।
कक्षा ३ मा अध्ययन गर्दै गरेकी ८ वर्षीय रेग्मीले सानो उमेरको मान्छेले सानो कामबाट समाज परिर्वतन गराउने उद्धेश्यले कोरोनाको कहरको बेला माक्स वितरण, फुड बैंक, कपडा बैंक, र बुक बैंक स्थापना गरेको बताउनु भयो ।
यस्का अत्तिरिक्त्त हाल पोखरामा बस्दै आएकी रेग्मीले सरसफाई अभियान र १८ वर्ष उमेर नपुगेका बालबालिकालाई खैनी, चुरोट, मदिरा बिक्री बितरण गर्ने कार्यमा रोक लगाउने अभियान चलाएको बताउनुभयो ।
साथै रेग्मीले आफ्नो गाँऊ ठाँऊमा ठुलठुला कामले मात्र समाजसेवा हैन निश्वार्थ भावले स साना सहयोगले पनि समाजसेवा गर्न सकिने बताउनुभयो ।
उक्त कार्याक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि छायाराम खनालले हामी गरीब छैनौं हाम्रो सोचाई गरीबीको छ भन्दै सर्व प्रथम सोच बदल्न आग्रह गर्नुभयो । गत आ.व. को चैत्र मसान्तर भीत्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी सबै सुचकहरु पूरा गरी अन्तिम चरणमा पुगेको अवस्थामा कोराना कहरको कारण निर्धारित समयमा गर्न नसकिएको बताउदै प्रमुख खनालले अव कोरानाको संक्रमण हट्दै गएको हुनाले आगामी माघ महिनाभित्र भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नको लागी तयारी अवस्थामा रहेको बताउनु भयो ।
नगर प्रमुख खनालले भीरकोट नगर भित्रका कापी कलम किन्न नसक्नेका लागी एउटा बालकोष खडा गर्ने तथा उक्त कोषको लागी नगरपालिकाले १ लाख जम्मा गर्ने तथा हरेक सक्षम बालबालिकाले प्रत्येक दिन आफ्नो खाजा खर्चबाट १ रुपैया कटाई जम्मा गर्ने प्रस्ताव पनि पास भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थीत महानुभावहरुलाई स्वागत गर्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले अव लगत्तै भीरकोटलाई बालमैत्री नगर घोषणा गर्ने तयारीको अन्तिम चरणमा रहेकोले सरोकारवालाको निम्ती बालमैत्री क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नको लागी सो कार्यक्रमको आयोजना गरेको भन्दै नगर बाल संरक्षण समितिका संयोजक समेत रहनु भएकी सिमा केसी कर्माचार्यले बहुप्रतिभाकी धनी बालिका प्रेन्सा रेग्मीमा संस्कार सहितको ज्ञान भएको हुँदा सबैसंग उक्त ज्ञान हुन आवश्यक रहेको भन्दै केसीले उक्त प्रतिभाले भीरकोटका वालवालिकामा थप उर्जा र उत्प्रेरणा प्रदान गर्ने वताउनुभयो ।
जन प्रतिनिधी, सामाजिक व्यक्तित्व भीरकोट नगरभीत्रका विद्यालयका शिक्षक र विद्यर्थीहरुको सहभागिता रहेको कार्यक्रम माथि प्रकाश पार्दै वालोदय माविका प्रअ अमृत अर्यालले प्रेन्साको सामाजिक अभियानको सवैले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
सहभागीको तर्फबाट बोल्दै बालोदय माविका प्रन्जल तिवारी र भाग्योदय माविका डोल कुमारी थापाले प्रेन्साको प्रतिभा र प्रशंसनीय कार्यवाट सबै वर्गले पाठ सिक्नु पर्ने बताए ।
भीरकोट नगर वाल संजालका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी द्धय श्रेया सुनार र प्रतिक्षा गुरुङ्गले गरेका थियो भने धन्यवाद भीरकोट नगरपालिका वडा न १ का वडाअध्यक्ष एंवम नगर प्रवत्ता दिपेन्द्र केसीले गर्नुभएको थियो ।