२१ कात्तिक २०८०, मंगलबार

नेपालमा रहेका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कतारमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ l स्याङ्जा सहयोग समाज कतारको समन्वय र यसैको मातहतमा रहेको स्याङ्जा सहयोग समाज, भीरकोट नगर इकाइको आयोजना शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो l शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसर पारेर १० नोभेम्बर (कात्तिक २४ गते शुक्रबार) मा स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई, कतारको आयोजनामा सनैयाको फूलबारी रेस्टुरेन्टमा नेपाली मौलिक पन्चेबाजा सहितको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरिने भीरकोट ईकाईका अध्यक्ष लिल बहादुर रोकाले स्मार्ट अखबारलाई जानकारी दिए।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

गृह जिल्ला स्याङ्जाको भीरकोट नगरपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्न कार्यक्रम गर्न लागिएको भीरकोट ईकाईका अध्यक्ष रोकाले बताए l कार्यक्रममा नेपालीहरूले खरिद गरेको भाग्यशाली चिट्ठा समेत खोलिने छ l प्रवासमा रहेका नेपाली दाजुभाइबीच सुमधुर सम्बन्ध राख्न र धर्म संस्कृतिलाई जोगाउँदै नेपालीहरुको महान पर्वकै अवसरमा आर्थिक सहयोग पनि संकलन गर्न पन्चे बाजा सहितको कार्यक्रम गरिने आयोजकले जनाएको छ l

आयोजकले कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित नेपाली संघसंस्था, कलाकार, पत्रकारहरू, वुद्धिजीवी र व्यवसायीहरूलाई उपस्थित हुन अनुरोध समेत गरेको छ। शुक्रबारका दिन कतारको सनैया स्थित अलातियामा रहेको फुलबारी रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजेबाट सुरुहुने कार्यक्रममा प्रवेश नि:शुल्क रहेको स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here