स्मार्ट संवाददाता, भीरकोट

६ असोज २०८०, शनिबार 

राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोटको प्रारम्भिक भेला सम्पन्न भएको छ। शनिबार तमु समाज भवन , बयरघारीमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको प्रारम्भिक भेलाले पालिकाको तदर्थ कार्यसमिती गठन गरेको छ।  भेलाले पालिका संयोजकको जिम्मेवारी सुरेश उच्चै ठकुरीलाई दिएको छ।

प्रारम्भिक भेलाले सहसंयोजकको जिम्मेवारी क्याप्टेन मीन बहादुर के.सी. लाई दिएको छ। यसगरी सचिवमा आनन्दराज चिलुवाल, कोषाध्यक्षमा राजन सुनुवारले जिम्मेवारी पाएका छन्।  प्रारम्भिक भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको पार्टी स्रोतले जानकारी दियो। नगरको तदर्थ कार्यसमितिका  सदस्यहरुमा सपना रूचाल ,दीपक खड्का, धन बहादुर खड्का ,क्षेत्र बहादुर थापा, मोहन जंग कुँवर, पिता खनाल , मिना रोकाहा र  गंगा हिताङ रहेका छन्।

 प्रारम्भिक भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य शिव नेपाली, पार्टीका जिल्ला संयोजक विश्वास भण्डारीको समेत उपस्थिति रहेको थियी।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here