विभिन्न शैक्षिक माग सहित नेविसंघद्वारा देशभर ज्ञापन पत्र

बैशाख ०७, २०८१


७ वैशाख २०८१, शुक्रबार

नेपाल विद्यार्थी संघले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा  निशुल्क शिक्षा लगायतका विभिन्न शैक्षिक माग राखेर बिहिबार देशभरका स्थानीय सरकारहरूलाई ज्ञापनपत्र बुझाएको छ।

संविधानमा व्यवस्था भएबमोजिम विद्यालय तहको शिक्षा निशुल्क हुनुपर्ने, वार्षिक बजेटको २०प्रतिशत रकम शिक्षामा छुट्याउनुपर्ने, सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पाठ्यक्रम पाठ्यपुस्तक लागू हुनुपर्ने , विद्यालयमा दिइने दिवा खाजा पोषणयुक्त हुनुपर्ने , छात्रवृत्ति वितरणमा एकरूपता हुनुपर्ने लगायतका विविध १७ बुँदै मागसहित देशैभर ज्ञापनपत्र बुझाइएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङले जानकारी दिए।

नेविसंघको स्थापना दिवसको अवसरमा स्याङ्जामा  ११ वटै पालिकामा १७ बुँदै शैक्षिक मागसहितको ज्ञापनपत्र बुझाइएको नेविसंघले जनाएको छ।

ज्ञापनपत्र