सर्वसम्मतीमै नेतृत्व चयन:  जिल्ला अध्यक्षमा पुन: पारस

चैत २५, २०८०


२५चैत्र २०८०, स्याङ्जा

नेपाल कम्युनिष्ट पार्टी  एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशन सर्वसम्मतिमा नेतृत्व चयन गर्दै टुङ्गिएको छ। अधिवेशनले जिल्ला अध्यक्षको जिम्मेवारी पुन: सूर्यप्रसाद गैह्रे (पारस) लाई   दिएको छ।

चैत्र २३ गतेदेखी स्याङ्जा सदरमुकाममा भएको अधिवेशनले आइतबार साँझ १सय ५ सदस्यीय जिल्ला कार्यसमितिको निर्वाचन सर्वसम्मतीमा नै टुङ्ग्याएको हो।

यो संँगै पारसले तेस्रो पटक एमाले स्याङ्जाको नेतृत्व हात पारेका छन्। अधिवेशनबाट   उपाध्यक्षमा महेश पुरी , सचिवमा रामचन्द्र भट्टराई ( आरसी ) ,  उपसचिवमा अमृत श्रेष्ठ र चिनमायाँ गुरुङ चयन भएका छन् । १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको नवौं जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत टंकप्रसाद न्यौपानेले जानकारी दिए।