प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन

कार्तिक ०३, २०७८


भीरकोट खबर डेस्क, कार्तिक ३



नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज १०० दिन पुरा भएको छ। देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो। देउवालाई नेपाली काङ्ग्रेस सहित नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, जनता समाजवादी जसपा र राष्ट्रिय जनमोर्चा सम्मीलित ५ दलिय गठबन्धनले साथ र समर्थन जनाएको छ। देउवाको सरकार गठन भएपछि आलोचना बढी खेप्नु पर्यो ।उहाँले आफ्नै सचिवालय समेत गठन गर्न र सल्लाहकार नियुक्ति गर्न समेत सक्नुभएको छैन।सर्बोच्चको परमादेश पछि गठन भएको देउवा सरकारले ५ सदस्यीय मन्त्री परिषद गठन गरे पनि झन्डै ३ महिना पछी मात्रै अरु मन्त्रालयहरुमा नियुक्त गरेको छ। सरकार गठन भएको ८८औं दिनमा मात्रै मन्त्रीपरिषदले पुर्णता पाएको छ, मन्त्री परिषद गठन गरे पनि पूर्ण समावेशी हुन सकेको छैन।
तीन महिना पछिको लामो रस्साकसि पछि मन्त्रीहरू नियुक्ति गरे पनि धेरैले आलोचना खेपिरहनु पर्यो। २२ असोजमा सांसद समेत नरहेका प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्र बहादुर हमाललाई उद्योग मन्त्री बनाउँदा चौतर्फी आलोचना खेपेर तीन दिनमै राजिनामा दिन बाध्य हुनुभएको थियो।
देउवा सरकारले पनि अध्यादेश जारी गरेर सरकार चलाउन छोडेन।उहाँले ३२ साउनमा संसद अधिबेशन अन्त्य गरि राजनैतिक दल सन्बन्धी अध्यादेश जारी गर्नुभयो।
१५ साउनमा भारतीय सुरक्षा बलले तुइन काटेर बेपत्ता भएका जैन सिंह धामीलाई न्याय दिलाउनको लागि भारत सँग सरकारले कुनै कुटनैतिक वार्ता समेत गर्न सकेन। उपसभामुख पद रिक्त हुदा पनि पदपूर्तिका लागि कुनै आवश्यक कदम चालेको छैन । देउवाले शिक्षक सेवा आयोगको सदस्यमा डिल्लीराम रिमाललाई नियुक्त गर्नुभएको छ जसलाइ अख्तियारले दोषी ठहर गरि कालो सूचीमा राखिसकेक थियो।
देउवा सरकारले सचीव, उपसचिवहरुको ब्यापकरुपमा सरुवा गरेको छ, ६० जिल्लाला सिडिओहरु हेरफेर गरेको छ। प्रतिनिधि सभा संघीय निजामती विधयेक फिर्ता लिएको छ।देउवा सरकारले ५ असोजमा १२ देशका राजदूतहरुलाइ फिर्ता बोलाउने निर्णय गरेपनि रिक्त रहेका ठाउँमा पदपूर्ति भने अझै सम्म पनि भएको छैन। उहाँले केपि शर्मा ओलिले ल्याएको भुमी सम्बन्धि समस्या आयोग खारेज गरे र अरु आयोगहरु गठन गरेपनि ती आयोगले पुर्णता पाएका भने छैनन्। गत २४ असोजमा दशैको मुखमा देउवा सरकारले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीमाथी गोलि चलायो उक्त घटनामा ४ जनाले ज्यान गुमाउनु पर्यो भने ५ जना घाइते हुन पुगे। अझै पनि देउवा सरकारले बालुवाटारलाई बैठक स्थल बनाएका छ। प्रधानमन्त्रीमा नियुक्त भैसकेपछी शेरबहादुर देउवाले १०० पुग्दा समेत आफ्नो सम्पत्ति विवरण बुझाउन सक्नुभएको छैन।
देउवा सरकारले निकै नै आलोचना खेपे पनि कुनै महत्त्वपूर्ण कामहरु पनि गरेको छ। कोभिड विरुद्धको खोप हालसम्म १ करोड ३० लाख ७५ हजार ८ सय ६० डोज खोप नेपाल भित्रीएको जानकारी दिएको छ। हालसम्म कोभिड विरुद्ध ३२.६% नागरिकले पुर्ण खोप लगाउन सफल भएको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाले लगानीमैत्री, नीजि क्षेत्रलाई प्रोत्साहन, आर्थिक स्थिरता कायम, कोभिड मारमा परेका ब्यबसायिहरुलाइ उचित राहत प्याकेज समेत ल्याएको छ। कोभिड १९ रोकथाम र ब्यवस्थापनका लागि महत्त्वपूर्ण काम गरेको छ। चुस्त सुरक्षा व्यवस्था , राष्ट्रिय विपद् जोखिम ब्यवस्थापन, राजस्व संकलनमा उल्लेखनीय वृद्धि, विद्युतिय लाइन विस्तार, सडक र यातायातको पहुच विस्तार, निशुल्क कानुनी सहायता प्रदान गर्ने मस्यौदा तयार हरुलाई सरकारले उपलब्धि रुपमा लिएको छ।