पृथ्वी जन्यन्तीको दिन सार्वजनिक बिदा

पुष २०, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२० पुस २०७९

बिज्ञापन

विज्ञापन

पृथ्वी जयन्तीको दिन स्याङ्जाको भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्मार्ट अखबारसँग कुरा गर्दै पालिकाले पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने बताए। बुधबार विश्व हिन्दु युवा संघ स्याङ्जाले भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य,नगर प्रवक्ता एवं वडा नं १ अध्यक्ष दिपेन्द्र के सी , वडा नं ७ अध्यक्ष तारा प्रसाद अर्याललाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन एवं विविध कार्यक्रम गरी मनाउन आग्रह गरेको थियो।

ज्ञापनपत्र बुझ्दै भिरकोट नगर प्रमुख कर्माचार्यले पृथ्वीनारायण शाहले गरेको योगदान हामीले भुल्न नहुने र उहाँले गरेको कामको हामीले प्रसंशा गर्न पछि पर्न नहुने बताएका थिए। उनले भीरकोट नगरपालिकाले यस वर्ष पनि उहाँको योगदान लाई सम्झदै सार्वजनिक बिदा दिने प्रतिबद्धता व्यक्त गरेका थिए। विश्व हिन्दु युवा संघले गरेको कामबाट आफुहरु प्रभावित भएको कुरा बताएका थिए।

विश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा अघिल्लो बर्ष स्याङ्जाका ७ पालिकाले सार्वजनिक बिदा र विभिन्न कार्यक्रम गरेका थिए ।अहिले सम्म अर्जुनचौपारी गाउँपालिका ,वालिङ नगरपालिका ,गल्याङ नगरपालिका सार्वजनिक बिदा दिनको लागि सकारात्मक देखिएका छ्न। अन्य पालिकाहरुसँङ पनि कुरा भएको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी दिए। अध्यक्ष पौडेलले पृथ्वीनारायण शाहको योगदान हामीले भुल्न नहुने भन्दै पौष २७ गते नेपाल सरकारले पनि देश भर नै सार्वजनिक बिदा दिनु पर्ने कुरा बताएका छ्न।